शिक्षकको बन्दले विद्यार्थीलाई सास्ती

School 1चितवन, १९ भदौं । पेशागत माग र सुविधा बढाउन दवाव दिन नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल (इष्टु) ले चितवनका सबै निजी विद्यालय बन्द गराएको छ ।
शिक्षकहरुको विद्यालय बन्दका कारण आज (बुधबार) हज्जारौं विद्यार्थीले सास्ती बेहोर्नु परेको छ । सुविधा बढाउने बहानामा विद्यार्थीको भविष्य माथी खेलवाड नगर्न अभिभावकहरुको माग छ ।
‘प्याब्सन’ले शुल्क बढाउन लागेको भन्दै मंगलबार पनि निजी विद्यालयकै शिक्षक युनियन नेपालले विद्यालय बन्द गराएको थियो ।
जिल्लाका १ सय ६४ निजी विद्यालय बन्द छन् । माग पुरा गराउने बहानामा विद्यालय बन्द हुँदा अभिभावकहरु समेत मर्कामा परेका हुन् ।
‘प्याब्सन’ चितवनले तलव, भत्ता, नियुक्ति पत्र लगायतका १७ बुँदे सुविधासहितका माग पुरा नगरेको नेपाल इष्टुको आरोप छ ।
विद्यालय बन्दका बावजुद पनि माग पुरा गर्ने तर्फ ‘प्याब्सन’ले ध्यान नदिए कडा संघर्षका कार्यक्रम ल्याउने नेपाल इस्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले चेतावनी दिए ।

प्रतिक्रिया