‘तेस्रो लिङ्गी’ सुनिल एमालेमा प्रवेश

sunil-pantaकाठमाडौं, १७ भदौ । ‘तेस्रो लिङ्गी’ एवम् नेकपा (संयूक्त) का पूर्व सभासद् सुनिलबाबु पन्त एमालेमा प्रवेश गरेका छन् ।
एमालेको पार्टी मुख्यालय बल्खुमा आज (सोमबार) आयोजित कार्यक्रममा ‘तेस्रो लिङ्गी’ पन्तसहितका झण्डै एकसय जना प्रवेश गरेका हुन् । पन्तसहितका समर्थकलाई अध्यक्ष झलनाथ खनालले एमालेको सदस्यता प्रदान गरेका थिए ।
यस अघि पन्त नेकपा (संयुक्त)बाट संविधानसभामा समानुपापतिक कोटामा सभासद् भएका थिए । पन्तले तेस्रो लिङ्गीहरुका लागि ‘ब्लु डायमण्ड’ नामक संस्था समेत चलाउँदै आएका छन् । सो संस्थाका उनी सल्लाहाकार हुन् ।

प्रतिक्रिया