अस्थायी शिक्षकद्वारा पुन: आन्दोलन घोषणा

teacherकाठमाडौं, १७ भदौ । अस्थायी शिक्षक संघर्ष समितिले माग पुरागराउन दवाव दिने उदेश्यले आन्दोलनका थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
समितिका अध्यक्ष रामचन्द्र अधिकारीले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रक्रिया पुर्‍याई स्वत: स्थायी गर्नुपर्ने पुराना मागलाई पुरा गराउन आन्दोलन घोषणा गर्नुपरेको जानकारी दिए ।
शिक्षक सेवा आयोगले पुस–२० मा विज्ञापन गर्दा २०६३ वैशाख–१० सम्मका दरवन्दीहरु यथावत् राखी सो पछिका दरवन्दीहरुमा मात्र खुल्ला विज्ञापन गरेका कारण अस्थायी शिक्षक पुन: आन्दोलित भएका हुन् ।
भदौ–१९ देखि २१ गतेसम्म बिहान साढे नौ बजे शान्तिवाटिका रत्नपार्कमा भेला भई नारा, जुलुससहित सिंहदरबारमा धर्ना दिने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताए ।
आयोगले लिएको खुल्ला परीक्षाको नतिजा प्रकाशन तत्काल स्थगन गर्नुपर्ने, सम्पूर्ण अस्थायी र करार शिक्षकहरुबीच समान आन्तरिक परीक्षा गराउनु पर्ने, अस्थायी तथा करार शिक्षकलाई विस्थापित गर्न नपाईने, रिक्त दरबन्दीमा करार शिक्षक नियुक्ति प्रक्रिया तुरुन्त रोक्का गर्नुपर्ने लगायतका माग समितिको छ । (फाईल तस्विर)

प्रतिक्रिया