राजविराज, १७ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले कुनै पार्टीले बहिस्कार गर्दैमा मंसिर–४ को निर्वाचन नरोकिने दोहर्याएका छन् ।
राजविराजमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा अयक्ष ठाकुरले मंसिरको निर्वाचन कसैले अवरोध गर्न नसक्ने दाबी गरे । ‘मुलुकमा धेरै पार्टी दर्ता छन,’ उनले भने, ‘सबै पार्टीले चुनावमा भाग लिन्छन् नै भन्ने छैन ।’
कुनै पार्टीले भाग नलिँदैमा निर्वाचनमा अबरोध नहुने उनको भनाई छ ।
नेकपा–माओवादीलगायतका असन्तुष्ट दलहरुलाई चुनावमा ल्याउने प्रयास भईरहेको अध्यक्ष ठाकुरले उल्लेख गरे ।
निर्वाचन प्रयोजनका लागि फोरम लोकतान्त्रिक र तमलोपाबीच तालमेल हुन सक्ने उनले बताए । ‘मोर्चा बनाउने विषयमा हामीले अहिलेसम्म छलफल गरेका छैनौ,’ उनले भने, ‘सिटमा तालमेल गर्ने विषय भने सम्भव छ ।’
प्रतिक्रिया