नेतृ कोइरालालाई मोरङ कांग्रेसले पत्याएन

Sher Bd Deuba 1धनगढी, १७ भदौ । कैलाली कांग्रेसले संविधानसभा निर्वाचनमा नेता शेरबहादुर देउवालाई दुई वटा निर्वाचन क्षेत्रमा उम्मेद्वार बनाउन सिफारिस गरेको छ ।
नेता देउवालाई प्रत्यक्षका लागि ६ र ५ नम्वर क्षेत्रबाट प्रत्यक्ष तर्फको उम्मेद्वारमा प्रस्ताव गरिएको जिल्ला सभापति नरनारायण शाहले जानकारी दिए ।
सिफारिस तालिकामा नेता देउवाको नाम पहिलो र सभापति शाहको नाम चौथो स्थानमा छ । देउवाको गृह जिल्ला डडेलधुरा हो ।
उता, केन्द्रीय सदस्य सुजाता कोइराला गृह जिल्ला मोरङले प्रत्यक्ष तर्फको उम्मेद्वारमा सिफारिस नगरे पछि आक्रोशित भएकी छन् ।
कोइरालाले आज (सोमबार) विराटनगरमा पत्रकार सम्मेलन गरेर आफू विरुद्ध षड्यन्त्र भएको आरोप लगाईन् ।
‘आमोद दाई र अमृत अर्यालले म विरुद्ध षड्यन्त्र गरेका छन्,’ उनले भनिन्, ‘म विरुद्ध भएको षड्यन्त्रको प्रतिवाद गर्छु ।’
Sujata-Koiralaमोरङ कांग्रेसले केन्द्रीय सदस्य कोइरालालाई प्रत्यक्षका लागि सिफारिस गरेको छैन ।

प्रतिक्रिया