कञ्चनपुर, १४ भदौ । भारत आन्द्र प्रदेश निवासी कुमारीसत्य लक्ष्मीलाई कञ्चनपुरबाट प्रहरीले उद्दार गरेको छ ।
भीमदत्त नगरपालिका–१०, तिलकेमीका गणेश लुहारले १९ वर्षीय लक्ष्मीलाई विभिन्न प्रलोभनमा पारेर ललाई फकाई ल्याएर लकाई राखेको प्रहरीले जनाएको छ ।
भारतीय महिलालाई घरमा राखेको सूचना पाए पछि प्रहरीले बिहीबार राति लक्ष्मीको शकुसल उद्दार गरेको हो ।
महेश उपनाम गरेका लुहारले आन्द्र प्रदेशमा आफैले काम गर्ने स्थानमा बसोवास गर्दै आएकी लक्ष्मीलाई ललाईफकाई ल्याएको प्रहरी भनाई छ ।
लुहारले लक्ष्मीलाई दिल्ली, बनबासा हुँदै ल्याइर तिलकेमीस्थित केशव पालको घरमा राखेका थिए । (फाईल तस्विर)
प्रतिक्रिया