हाम्रा विरुद्धका समाचार सबै गलत : नन्दीता

nandita-kcकाठमाडौं । ‘समय सबै भन्दा ठूलो र वलवान रहेछ । यसको महत्व के हो भन्ने मैले युरोप पुगेपछि मात्र थाहा पाए ।’ अभिनेत्री नन्दीता केसीले युरोपबाट फर्केलगतै दिएको प्रतिक्रिया हो ।
एकमहिने साँस्कृतिक कार्यक्रम सकाएर नन्दीता हालै युनिटसहित स्वदेश फर्किएकी हुन् । बेल्जियम, जर्मनी, हल्यान्डलगायतका केही मुलुकमा नेपाली कला सँस्कृति झल्कने साँस्कृतिक कार्यक्रम सकाएर फर्किएकी नन्दीताको टिममा अर्की अभिनेत्री गरिमा पन्त पनि थिईन् ।
कार्यक्रममा उत्साजनक सहभागिता रहेको नन्दीताले बताइन् । ‘यो मेरो पहिलो युरोप टुर हो,’ उनले भनिन्, ‘पहिलो भएपनि स्मरणीय बन्यो ।’
युरोप टुरमा निस्किए लगतै बिदेशमा नेपाली कलाकार अलपत्र परेका समाचारहरु सार्वजनिक भएका थिए । नायिका नन्दीताले नेपालमा सार्वजनिक भएका आफूहरु विरुद्धका समाचारमा सत्यता नरहेको बताइन् ।
उनले आफूहरुलाई भ्रमणका क्रममा कुनै समस्या नभएको दाबी गरिन् ।

प्रतिक्रिया