तोकिएकै समयमा चुनाव गर्नुस् : रविशंकर

Ravi-Sankerकाठमाडौं, ९ भदौ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख एवं राज्यसभामा विपक्षी दलका उपनेता रविशंकर प्रसादले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन गराउन सुझाव दिएका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा रविशंकरले तोकिएकै समयमा चुनाव गरेर छिटो नयाँ संविधान निर्माण गर्न आग्रह गरेर । उनले भने, ‘चुनाव तोकिएकै समयमा गरेर नयाँ संविधान निर्माण होस भन्ने पक्षमा भारत छ ।’
नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरुलाई कसरी निर्वाचनमा ल्याउने भन्ने नेपालका राजनीतिक दलहरुको चिन्ताको विषय रहेको उनको भनाई छ । आफूहरुले केवल तोकिएको समयमा निर्वाचन भएर छिटो संविधान बनोस भन्ने शुभेच्छा मात्र ब्यक्त गर्न सक्ने बताए ।
भारतको अनुभव सुनाउँदै रविशंकरले लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्र न्यायपालिका, प्रजातान्त्रिक शासन उपयुक्त ब्यवस्था भएको धारणा राखे ।
रविशंकरले लोकतान्त्रिक नेपाल दुई मुलुकको सम्बन्ध विकासका लागि अर्को कडि बन्ने विश्वास ब्यक्त गरे । नेपाल र भारतमा ६० प्रतिशत् ३५ वर्षभन्दा कम उमेरका यूवाहरु रहेकाले अब सम्बन्धलाई उनीहरुको सोंचका आधारमा पनि हेर्नु पर्ने सुझाव दिए ।

प्रतिक्रिया