लागूऔषध चरेससहित चार जना पक्राउ

kailaliधनगढी, ७ भदौ । चरेस कारोबारमा संलग्न एक महिलासहित चार जनालाई प्रहरीले धनगढीका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायव निरीक्षक मनोहरप्रसाद भट्टको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई गेटा, क्याम्पसरोड र चटकपुरबाट पक्राउ गरेको हो ।
गेटा–५ मा पसल सञ्चालन गर्दै आएकी ४३ वर्षीया हरिना भट्टको पसलबाट ३५ ग्राम, क्याम्पसरोडमा पसल सञ्चालन गर्दैआएका ६३ वर्षीय रामसिंह रावलको पसलबाट ८७ ग्राम र धनगढी–३ चटकपुरमा पसल सञ्चालन गर्दै आएका ४३ वर्षीय टेकबहदुर सिंहको पसलबाट ३० ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।
भट्टले सुराकीको सूचनाका आधारमा चरेशसहित उनीहरुलाई पक्राउ गरिएको बताए ।
यता, ब्राउनसुगरसहित एकयुवक पनि पक्राउ परेका छन् । बिहीबार साँझ चेकजाँचका क्रममा ब्राउन सुगरसहित धनगढी नगरपालिका–२ का भीम पाण्डेलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया