एमाले मधेसप्रति सम्वेदनशील हुन सकेन

Raghubir-Mahasethकाठमाडौं, ४ भदौ । लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले एमाले नेतृत्व मधेसप्रति संबेदनशील हुन नसकेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज (मंगलबार)पत्रकार गरेर महासेठले मधेस प्रति एमालेको सोंच परिवर्तन आवश्यक रहेको बताए । उनले भने, ‘मधेसप्रतिको सोंचमा एमालेले परिवर्तन नल्याए प्रतिकुल परिणाम आउँछ ।’
जिल्ला जिल्लामा नेकपा–माओवादीले उमेद्वार अपहरणको धम्की दिईरहेको रिपोर्ट आएको उनले बताए । उम्मेद्वारको शुरक्षाका लागि सरकार गम्भीर हुनु पर्ने बताए । महासेठ एमालेका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया