राजश्व संकलनमा सुरक्षा निकायको योगदान

काठमाडौं, ३२ साउन । अर्थ मन्त्री शंकरप्रसाद कोइरालाले तोकिएको लक्ष्य भन्दा बढी राजश्व संकलन गर्नमा सुरक्षा निकायको उच्च योगदान रहेको जनाएका छन् ।
सिंहदरबारमा आज (शुक्रबार) आयोजित बैठकमा कोइरालाले गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व परिचालनसंग सम्बन्धित सवै विभागहरुको सक्रिय सहभागीतामा राजश्वको लक्ष्य पाउन सकिएको जनाए । उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको जनाए ।
उनले सबै निकायवीच समन्वय र सहकार्य हुन अनिर्वाय रहेको बताए । आवश्यक स्थानमा छोटी भन्सार कार्यालय पुन:स्थापना गर्न र केन्द्रीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिलाई सक्रिय बनाउन पनि मन्त्री कोइरालाले निर्देशन दिए ।

प्रतिक्रिया