बझाङमा ५७ जना एचआइभी संक्रमित

aidsधनगढी, ३२ साउन । बझाङ जिल्लामा हालसम्म ५७ जनामा एचआइभी संक्रमण देखा परेको छ ।
४७ गाविस मध्ये २६ गाविसमा रक्त परीक्षण गर्दा सो संख्यामा एचआइभी संक्रमणका जीवाणु फेला परेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।
समितिका संयोजक रेखा जोशीका अनुसार २९ पुरुष र २८ महिलामा एचआइभीको संक्रमण देखा परेको छ ।
मजदुरी गर्न भारत जाने पुरुष र महिलामा एचआइभीको संक्रमण देखिएको हो ।
एचआइभी संक्रमितलाई समाजले भेदभाव गर्ने, तिरस्कार गर्ने डरले पनि धेरै व्यक्ति रगत परीक्षण गराउन नमान्ने गरेकाले पनि जिल्लामा कति जनामा एचआइभी संक्रमण छन् भनेर पत्ता लगाउन समस्या भएको उनको भनाई छ ।
जिल्ला जनस्थास्थ्य कार्यालयले यस वर्षबाट संक्रमितलाई एआरभी सेवा शुरु गरेको छ । जिल्ला अस्पताल र देउरा प्राथमिक स्वास्थ्य केन्द्र गरी दुई ठाउँमा स्वेच्छिक रक्त परीक्षण केन्द्र समेत रहेका छन् ।
दुर्गमका अन्य भेगमा पनि यो सेवा सञ्चालन गर्न सके अझै धेरै संक्रमित पत्ता लाग्न सक्ने स्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन गंगाराम जोशीले बताए ।

प्रतिक्रिया