रुपन्देहीका अधिकांस डेन्टल क्लिनिक अबैध

भैरहवा, ३१ साउन । रुपन्देही जिल्लामा सञ्चालनमा रहेका दन्त क्लिनिकहरु अनुमगन र निरीक्षण भएका छन् ।
जिल्ला अनुगमन समितिले बुधबार रुपन्देहीका दन्त क्लिनिकहरुको अनुगमन र निरीक्षण गरेको हो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा गएको टोलीले अबैध रुपमा सञ्चालित दन्त क्लिनिकहरुको अनुगमन गरेको थियो ।
बुटलको कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर, द डेन्टल, नेपाल डेन्टल ल्याब एण्ड स्टुमेन्ट सप्लायर्स, मणिग्रामको धौलागिरि डेन्टललाई अर्को आदेश नहुंदा सम्मका लागि शिलबन्दी गरीएको छ ।
रुपन्देहीमा ५४ दन्त क्लिनिकहरु छन् । अनुगमनका क्रममा ८ वटा मात्र दर्ता रहेको पाईएको जिल्ला जनस्वास्थ्य कार्यलयका निरीक्षक मोति पौडेलले जनाए । अधिकांस दन्त क्लिनिकहरु अवैध हुंदाहुंदै पनि चेकजांज गर्ने गरेको पौडेलले बताए ।
बुटवलको हाटबजारस्थित नगरपालिकाको सीप विकास केन्द्रमा नेपाल डेन्टल ल्याब एण्ड स्टुमेन्ट सप्लायर्स नामक दन्त चिकित्सालय सन्चालन गर्दै आएका जितेन्द्र सिंह पक्राउ परेका छन् । अनुगमनका क्रममा सिंहले आफैले दन्त चिकित्सक भएको जनाउंदै दन्तरोगीको उपचार गरिरहेका थिए ।
डा.योगेन्द्र प्रसाद श्रेष्ठको द डेन्टल, कान्तिपुर डेन्टल हस्पिटलको शाखा पनि अबैध भएको समितिले जनाएको छ । लवकुश फिटनेश सेन्टर पनि अबैध रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया