आँखा लाग्ने ठाउँ हो छवि सुधारौं : अर्थमन्त्री

Shankar-Koiralaकाठमाडौं, २८ साउन । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्थमन्त्रीको प्रतिनिधि भएर काम गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशालालाई आज (सोमबार) काठमाडौंमा समापन गर्दै मन्त्री कोइरालाले धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर काम गर्न सुझाव दिए ।
राम्रो कामका लागि अर्थमन्त्रीको हैसियतमा आफूले गर्ने कुनै पनि सहयोग जुटाइदिने प्रतिवद्धता व्यक्त गर्दै कोइरालाले भने, ‘मन्त्रीले सचिव, सचिवले महानिर्देशक, महानिर्देशकले तपाईंहरु माथि गाली गर्ने अवस्था आउन नदिनुस् ।’

प्रतिक्रिया