निर्वाचन तोकिएकै समयमा हुन्छ : दाहाल

काठमाडौं, २६ साउन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तोकिएकै समयमा संविधानसभा निर्वाचन हुने दोहर्‍याएका छन् ।
भक्तपुरमा आज (शनिबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले निर्वाचनका लागि तयारी तीब्र भईरहेको बताए । ‘निर्वाचन तोकिएकै समयमा हुन्छ,’ उनले भने, ‘निर्वाचन तयारी भई रहेको छ ।’
अन्तुष्ट दलहरुसँगको वार्तामा अधितम लचकताका साथ छलफल गर्ने उनको भनाई छ । ‘आन्दोलनरत दलहरुसँग वार्ता चलिरहेको छ,’ उनले भने, ‘उनीहरुका कातिपय माग धेरै जटिल छन् ।’

प्रतिक्रिया