शौचालय निर्माण पछि विरामी घटे

bajuraबाजुरा, २६ साउन । बाजुरा जिल्लाको दहकोट गाविसमा शौचालय निर्माण पछि विरामीको संख्या कम भएको छ । दैनिक रुपमा ५०, ६० जना भन्दा बढि झाडापखालाका विरामीहरु आउने स्वास्थ्य चौकी दहकोटमा हाल अन्य विरामी मात्र आउने गरेको स्वास्थ्य चौकीले जनाएको छ ।
जिल्लाका नौ गाविस खुलादिसा मुक्त क्षेत्र घोषणा गरे लगत्तै दहकोटलाई पनि खुलादिसा मुक्त घोषणाका लागि घरघरमा शौचालय निमार्ण अभियान संचालन गरेपछि जथाभावी फोहोर फाल्न रोक लगाईएको छ । फोहर नभएकाले विरामी समेत कम भएको स्वास्थ्य चौकी दहकोटका अहेव वीरबहादुर रोकायाले बताए ।
‘स्थानीयले शौचालय निर्माण नगर्दा जताततै दिसा हुन्थ्यो फोहोरकै कारण भाडापखाला, रुगा, खोकी आउ परेका विरामी भएर स्वास्थ्य चौकीमा घुईचो लाग्थ्यो,’ उनले भने, ‘सरसफाईमा ध्यान बढि भएकाले विरामी हुने क्रम कम भएको छ ।’
भौगोलिक विकटताका कारण अधिकांस विरामीहरु अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेका थिए ।

प्रतिक्रिया