एघार गाविस टेलिफोन सेवाबाट बञ्चित

telicom-1बाजुरा, २६ साउन । असारको अन्तिमसाताबाट अवरुद्ध बाजुरा जिल्लाको कोल्टी क्षेत्रका ११ गाविसको टेलिफोन सेवा अझै सुचारु हुन सकेको छैन ।
एकमहिना बितिसक्दा पनि सेवा सुचारु नभएपछि त्यस क्षेत्रका उपभोक्ताहरु मर्कामा परेका छन् । सेवा सञ्चालनका लागि जडान गरिएको विद्युत चोरी भएपछि टेलिफोन अवरुद्ध भएको हो ।
सेवा अवरुद्ध भएपछि १० हजार बढी उपभोक्ताहरु मर्कामा परेका छन् ।
२०६७ सालमा कोल्टी क्षेत्रका ११ गाविसलाई लक्षित गरी निर्माण गरिएको सीडीएमए मोबाइलको टावरले कहिले काहिं काम गरेपनि एकमहिनादेखि पूर्ण रुपमा बन्द भएको छ ।
टावरले कहिल्यैपनि गुणस्तरीय सेवा दिन सकेको थिएन । हाल ११ गाविसमा टेलिफोन सेवा विच्छेद भएपछि त्यस क्षेत्रका जनतासंगको सम्बन्ध पनि टाढिएको छ ।
आधा जनसंख्या बसोबास रहेको सो क्षेत्रमा फोन सेवा अवरुद्ध भएपछि शिक्षक, व्यापारी, विद्यार्थी अन्य कर्मचारी समेत फोन गर्न मार्तडी पुग्ने गरेका छन् ।
टेलिकमको शाखाले कोल्टी क्षेत्रका लागि १० हजार बढी सिम कार्ड र रिमकार्ड वितरण गरेको छ । राज्यको उदासिनता भएको स्थानीयको गुनासोलाई शाखाले स्वीकार गरेको छैनन ।
कार्यालय प्रमुख गोविन्द्र अवस्थीले स्थानीयले सहयोग नगरेका कारण पटक पटक समस्या आउने गरेको आरोप लगाए ।
चार महिना भित्र टावर निर्माण गर्ने बताएपनि आश्वासन जस्तै भएको सो क्षेत्रका स्थानीयको भनाई छ । सेवा अवरुद्ध भएपछि १० हजार बढी मोबाईल स्वीच अफ गर्नु परेका छन् ।
सञ्चार सेवाबाट पाण्डुसैन, कोल्टी, वाई, जुकोट, कोटीला, जगन्नाथ, बांधु, रुगिन, गोत्री, साप्पाटा, बिच्छयाका बासिन्दा वञ्चित भएका हुन् ।

प्रतिक्रिया