निर्वाचन असफल पार्छौ : अध्यक्ष बैद्य

mohan-baidhya-ji-1काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले आफूहरुले उठाएका मागहरु सम्वोधन नभए जसरी पनि निर्वाचन असफल पार्ने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बैद्यले सो चेतावनी दिएका हुन् ।
‘वार्ता र संघर्ष एकैसाथ अघि बढाउने छौं,’ उनले भने, ‘चुनाव रुपमा लोकतन्त्रका लागि जस्तो देखिए पनि बास्तविक रुपमा लोकतन्त्र र जनताको अधिकारमाथि धावा बोल्न चार दलीय सिण्डिकेटले चुनाव गराउन खोजेको छ ।’
२०४६ सालपछि दलहरुले बेवास्ता गरेकै कारण आफुहरुले १० बर्षे जनयुद्ध गरेको स्मरण गर्दै बैद्यले दलहरुले फेरि बेवास्ता गरे दुर्घटना निम्तिने चेतावनी दिए ।
उनले सबै पार्टीहरुका बीचमा सहमति भएमा आफूहरु सविधान सभाको चुनावमा सहभागी हुने बताए ।
देश र जनताको मुक्ति र परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न कर्मचारीहरुसंग उनले अपील गरे ।

प्रतिक्रिया