घुस लिएको आरोपमा दुई प्रहरी कारवाहीमा

nepal_policeरौतहट, २६ साउन । रकम लिएर तस्कर व्यवसायीलाई सहयोग गरेको आरोपमा रौतहट जिल्लामा दुई प्रहरी सहायक निरीक्षकहरु कारवाहीमा परेका छन् ।
गौर भन्सार कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामेश्वर राय यादव र बेलबिछवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय चौधरी आर्थिक लेनदेन र तस्करलाई सहयोग गरेको अभियोगमा कारबाहीमा परेका हुन् ।
यादव र चौधरीलले सुपाडी, मल, ईलेक्ट्रोनिक्सलगायतका सामान तस्करी गर्न व्यापारीलाई सहयोग गरेको आरोप छ ।
पक्राउ परेका व्यापारीहरुको बयानका आधारमा सहायक निरीक्षकद्वय यादव र चौधरीलाई कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक गोबिन्दराम परियारले जानकारी दिए ।
‘प्रहरी सहायक निरीक्षकद्वय यादव र चौधरी आर्थिक लोभमा परेर व्यापारीलाई सहयोग गरेको अभियोग लागेको छ,’ उनले भने, ‘आन्तरिक अनुसन्धान चलिरहेको छ ।’
यादवले गौर भन्सारबाट सुपाडी र अलैंची तस्करीमा सहयोग गरी अमित अग्रवाल र राजा खानसँग २२ हजार रकम लिएको आरोप छ । चौधरीले पनि सञ्जय सिंहसँग रकम लिएको जनाईएको छ । सो घटना भएका बेला उपरीक्षक परियार बिदामा थिए ।
यसैवीच, भन्सार छलेर अवैध रुपमा रसायनिक मल नेपाल भित्रयाउँदै गर्दा मल तस्कर पक्राउ परेका छन् । तस्करी गरेर ल्याईएको मलसहित स्थानीय सञ्जय सिंह पक्राउ परेका हुन् । प्रहरीले १८ बोरा मलखाद नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया