निर्वाचन विरोधी गतिविधि नगरौं : कांग्रेस

nc n maoकाठमाडौं, २५ साउन । कांग्रेस र नेकपा–माओवादीवीच संविधानसभा निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
काठमाडौंको बोहराटारस्थित कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको निवासमा आज (शुक्रबार) भएको भेटमा संविधानसभा निर्वाचनका बारेमा छलफल भएको हो ।
छलफलमा नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले निर्वाचनका सबै प्रक्रियाहरु रोकेर आए आफूहरु पनि चुनावमा जाने प्रस्ताव गरेको बुझिएको छ । जवाफमा कांग्रेस नेताहरुले निर्वाचन रोक्न नसकिने भन्दै नेकपा–माओवादीका मागलाई वार्ता मार्फत सम्बोधन गर्ने आश्वासन दिए ।
कांग्रेस नेताहरुले चुनाव विरोधी गतिविधि नगर्न पनि नेकपा–माओवादीसँग आग्रह गरेका छन् ।
यद्यपि, अध्यक्ष बैद्यले आफूहरु चुनाव विरोधी नभएको बताए । उनले यथाअवस्थामा निर्वाचन गराउन समस्या हुने बताए ।
छलफलमा कांग्रेस उपसभापति पौडेल, नेता शेरबहादुर देउवा तथा नेकपा–माओवादीका अध्यक्ष बैद्य, सचिव नेत्रविक्रम चन्दको सहभागिता थियो ।

प्रतिक्रिया