गेष्ट हाउसमा महिलाको शव

Hatya 2काठमाडौं, २३ साउन । काठमाडौंको सुन्धारास्थित गेष्टहाउसमा एक महिलाको शव फेला परेको छ ।
महानगरपालिका सुन्धारास्थित पर्वत शिखर गेष्ट हाउसको कोठा नम्वर ४०३ को शौचालयमा मंगलबार राति महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
२५ बर्षीया बविता गुरुङको अज्ञात समूहले धारिलो हतियारले घांटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरी भनाई छ ।
गुरुङ र नवीन मगरले बालाजुको ठेगाना लेखाई गेष्टमा बसेको प्रहरी भनाई छ । गुरुङको शवको टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।

प्रतिक्रिया