भैरहवा, २३ साउन । ‘स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगिक तथा व्यापारिक विविधिकरण’ भन्ने मुल नाराका साथ भैरहवामा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृर्षि तथा पर्यटन महोत्वसव आयोजना हुने भएको छ ।
लुम्बिनी क्षेत्रलाई पर्यटकीय आर्थिक क्षेत्रको रुपमा विकास गरिने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गर्न घरेलु तथा साना उद्योगलाई प्रबद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्वस स्थानीय सिद्धार्थ रंगशालामा आयोजना हुने छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष मनीषकुमार जोसीले महोत्सवले पर्यटन प्रवर्धनमा सहयोग मिल्ने बताए ।
अध्यक्ष जोसीले सीमावर्ती भारतीय बजारमा भन्दा नेपालमा नेपाली उपभोग्य सामग्री सस्तो र गुणस्तरयुक्त हुँदाहुँदै पनि चेतनाको अभावका कारण उपभोक्ता भारतमा ठगीरहेको प्रति महोत्वसले विविध चेतनामूलक कार्यक्रम गर्ने पनि जनाए ।
मंसिर–२१ गतेदेखि पुस–२ गते सम्म आयोजना हुने महोत्वसमा विभिन्न ३ सय स्टल रहने छन् । कुल व्यवस्थापन खर्च ५४ लाख लाग्ने संगठनका कोषाध्यक्ष अनिलकुमार ज्ञवालीले जनाए ।
प्रतिक्रिया