दुई माओवादी कर्मचारीवीच झडप

maobadi flagकाठमाडौं, २२ साउन । कर्मचारी युनियन दर्ताको विषयलाई लिएर मीनभवनस्थित श्रम कार्यलयमा नेकपा–माओवादी र एकीकृत माओवादी निकट कर्मचारीबीच झडप भएको छ ।
झडपमा नेकपा–माओवादीमा आबद्ध राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष महादीप पोखरेलसहितका समर्थक घाईते भएका छन् ।
आज (मंगलबार) भएको झडपमा सफल आचार्य, प्रशान्त पौडेल, शिवहरि पोखरेल, आकाश श्रेष्ठ पनि घाईते भएका छन् । घाईते मध्ये आकाश श्रेष्ठको अवस्था गम्भीर छ भने पोखरेलको हात चोट लागेको छ ।
‘श्रम कार्यालयमा पुग्दा एकीकृत माओवादी निकट कर्मचारी संगठनका अध्यक्ष मोहनमान स्वाारको नेतृत्वमा पहिले नै कार्यालको कोठा कब्जा गरी लुकेर बसेको एकहुलले हामीहरु माथि आक्रमण गरेको छ,’ अध्यक्ष पोखरेलले भने ।
दुई माओवादीका कर्मचारीवीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो ।
उता, एकीकृत माओवादी निकट कर्मचारीहरुले पनि आफूहरुलाई पहिला नेकपा–माओवादीका कर्मचारीले आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरुले कुटपिटबाट आफ्ना केही समर्थक घाईते भएको बताए ।

प्रतिक्रिया