तिब्बती नागरिकद्वारा आत्महत्याको प्रयास

Tibbatiकाठमाडौं, २२ साउन । काठमाडौंको बौद्ध स्तुपामा तिब्बती नागरिकले आत्महत्याको प्रयास गरेका छन् ।
नाम नखुलेका करीब ४० वर्ष उमेरका ति व्यक्तिले आज (मंगलबार) विहान स्तुपा भित्रको एउटा कुनामा आगो लगाएर आत्महत्याको प्रयास गरेको महानगरीय प्रहरी बृत्त बौद्धका नायव उपरीक्षक मनोज केसीले जानकारी दिए । ‘आत्महत्या हो वा आत्मदाह हो खुल्न बाँकी छ,’ उनले भने, ‘घटनाका बारेमा अनुसन्धन भईरहेको छ ।’
तिब्बती नागरिकद्वारा आत्महत्याको प्रयास गरेको जानकारी पाएलगत्तै पुगेको प्रहरीले उनलाई उद्धार गरेर अस्पताल भर्ना गरेको थियो । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यू भएको हो ।
‘फ्रि तिब्बत’को गतिविधि गर्दै आएका तिब्बतीयन नागरिहरुले नेपालमा विभिन्न प्रदर्शनका साथै आत्मदाहको प्रयास गर्दै आएका छन् । यस अघि पनि एकजना तिब्बतीयन नागरिकले बौद्धमा आत्मदाह गरेका थिए । (फाईल तस्विर)

प्रतिक्रिया