वार्ताका लागि ३३ दललाई समितिको अर्को पत्र

maobadiकाठमाडौं, २० साउन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वमा रहेको ३३ दलीय मोर्चालाई पुन: वार्ताका लागि पत्र पठाएको छ ।
समिति संयोजक समेत रहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज (आइतबार) नेकपा–माओवादीको केन्द्रीय कार्यालयमा वार्ताको पत्र पठाएका हुन् । दाहालको निजी सचिवालयका अनुसार पत्रमा वार्तामा वस्न भनिएको छ ।
३३ दलीय मोर्चा र आवद्ध सबै दलहरुलाई वार्ताका लागि अध्यक्ष दाहालले आह्वान गरेका छन् ।
यस अघि ३३ दलीय मोर्चाले सबै दलहरुलाई वार्ताका लागि बोलाउन भने पछि समितिले पत्र पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया