नामावली संकलन आचार संहिता विपरित

Shankar-Pokhare-4दाङ, १९ साउन । एमालेका सचिव शंकर पोखरेलले निर्वाचन बहिस्कार गर्नेदलहरु जनताबाट नाङ्गिने बताएका छन् ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज (शनिवार) तुल्सीपुरमा गरेको साक्षात्कारमा उनले लोकतन्त्रमा निर्वाचनमा नजाने दल आफै बहिष्कृत हुने बताए । उनले भने, ‘निर्वाचनमा नजाने दलहरु अनन्त: जनताबाट आफै बहिस्कृत हुने छन् ।’
उनले नेकपा माओवादीसहित ३३ दलीय गठबन्धनलाई निर्वाचनमा आउन आग्रह गरे पनि उनीहरुले वेवास्ता गरेको बताए । वार्तामा नआउंदा ठूलो बेफाईदा नेकपा माओवादीसहितका दलहरुलाई नै हुने पोखरेलको भनाई थियो ।
उनले असन्तुष्ट दलहरु निर्वाचनमा सहभागी हुन तयार भए सरकार हेरफेर हुन सक्ने बताए । उनले उच्चस्तरीय राजनीतिक समितिलाई पनि सुधार गर्न सकिने उल्लेख गरे ।
सचिव पोखरेलले फेरि मतदाता नामावली संकलन गर्ने विषय निर्वाचन आचार संहिता विपरित हुने टिप्पणी गरे । ‘मतदाता नामावली संकलनका लागि समय थप्नु भनेको निर्वाचन आचार संहिताको बर्खिलापमा हुन्छ,’ उनले भने ।
लोकतन्त्रमा म कसैलाई भोट हाल्दिन भनेर निस्कृय बस्न पाईने उनको भनाई छ । ‘मतदान गर्न खोज्नेहरुलाई रोक्ने दुस्साहास गर्नु लोकतन्त्रको उपहास र मानव अधिकारको हनन् हो,’ उनले भने ।

प्रतिक्रिया