फेरि नामावली संकलन गर्न दाहालको आग्रह

Puspakamal-Dahalकाठमाडौं, १८ साउन । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मतदाता नामावली संकलनका लागि केही समय थप गर्न आग्रह गरेका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीसँग आज राजधानीमा भएको भेटबार्ताका क्रममा अध्यक्ष दाहालले सो प्रस्ताव गरेका हुन् । मधेसवादी दलहरुको आग्रहमा अध्यक्ष दाहालले आयोगसँग पुन: नामावली संकलन गर्न भनेका हुन् ।
सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष दाहालले फोटोसहितको मतदाता नामावली संकलनमा धेरै छुट भएकाले नाम संकलन गर्न आग्रह गरेको जानकारी दिए ।
‘मतदाता नामावली संकलनमा धेरैको नाम छुटेको छ,’ उनले भने, ‘निर्वाचन कार्यक्रमलाई असर नपर्ने गरेर नामावली संकलन गर्नु पर्छ ।’
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छैनन् । मतदाता नामावलीमा नाम नभए पछि अध्यक्ष ठाकुर उम्मेद्वार बन्न र मतदान गर्नबाट बञ्चीत हुँदै थिए ।

प्रतिक्रिया