‘ब्लु भिडियो’ले मार खाएकी नम्रता

Namrata Shrestha 1काठमाडौं । अचेल नेपाली चलचित्रमात्र नचलेका होइन्, नायक, नायिका पनि त्यति चलेका छैनन् । कलाकारलाई एक पछि अर्को चलचित्र पाउन मुस्कीलै पर्ने गरेको छ ।
चलचित्र निर्माण हुने क्रममा जतिनै बृदि भएपनि यस क्षेत्रमा प्रवेश गर्ने कलाकारको बढ्दो संख्याले नव कलाकार मात्र हैन नाम चलेका कलाकारहरु पनि पारिश्रमिकमा सम्झौता गर्न थालेका छन् ।
कति कलाकारले आफ्नो पारिश्रमिक ड्रेस भए पुग्छ भन्छन् त कति सित्तैमा पनि खेल्छन् । कोही कलाकार भने चलचित्रको भिसीडी तथा विदेश राइटमा पनि अभिनय गर्ने गरेका छन् ।
यस्तै भिडमा अभिनेत्री नम्रता श्रेष्ठपनि देखिएकी छन् । ‘सनो संसार’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नम्रताको अश्लील भिडियो सार्वजनिक भए पछि एकाएक हराउन पुगिन् ।
पहिलो चलचित्रबाटै महँगो अभिनेत्रीको सूचीमा पर्न सफल नम्रता प्रेमी किचमानसँगको अश्लील भिडियो काण्डले पछाडि धकेलिन पुगिन् । ब्लु भिडियो काण्ड पनि उनलाई महँगो पारिश्रमिक तिर्न त परैजाओस् नायिकाको रुपमा लिने पनि भेट्न मुस्किल पर्‍यो उनलाई ।
त्यसपछि नम्रताले केही चलचित्रमा अभिनय गरिन् तर पारिश्रमिको बदला केहीमा ड्रेस त कहीले कुन विषयमा चित्त बुझाउनु पर्‍यो ।
पछिल्लो समयकै कुरा गर्ने हो भने अभिनेत्री नम्रताले दुई चलचित्र ‘मेघा’ र ‘मौन’मा अभिनय गरेकी छन् । यि दुबै चलचित्रबाट नम्रताले पारिश्रमिक पाएकी छैनिन् ।
Namrata Shresthaअभिनयको साटो नम्रताले विभिन्न देशका प्रर्दशन राइट लिएकी छन् । ‘मेघा’का लागि हङकङ राइट लिएकी नम्रताले ‘मौन’का लागि अष्ट्रेलियामा राइट लिएको बताईन् ।
यि दुबै देशमा गरिएका चलचित्रको सो बाट उठेको रकम नम्रताले पारिश्रमिका रुपमा पाउने छिन् । तर सो भएन भने पारिश्रमिक पाउने छैनन् ।
शुरुकै चलचित्रबाट महँगी अभिनेत्रीको सूचीमा पर्न सफल नम्रताले त्यति बेला दाया–बाया नगरेर अभिनयमै लागि भए सायद अहिले यो दिन त भोग्नु पर्ने थिएन नी ?

प्रतिक्रिया