सोनाक्षी, अनुष्का, परीणती र कैटरीना पछाडि

Salman khanमुम्बई । बलीउडका दबङग स्टार सलमान खानले बर्फी गर्ल अर्थात इलियाना डिक्रुजसँग रोमान्स गर्न भएका छन् । सुरज बडजात्याको आगामी चलचित्रमा यी दुबैको रोमान्स चल्ने भएको हो ।
सुरज आठबर्ष पछि फेरि एक पटक आफ्नो राजश्री पोडक्सनको ब्यानरको चलचित्र निर्देशन गर्न लागेका हुन् । यस ब्यारबाट सुरजले यस अगाडि चलचित्र बिबाहको निर्देशन गरेका थिए । यस ब्यानरबाट सञ्जयले यस अगाडि २००६ मा चलचित्र बिबाह बनाईएका थिए ।
चलचित्रका लागि सलमान खान छनौट भैसकेका छन् । इलियानासँग पनि कुराकानी भैरहेको जनाईएको छ । चलचित्रका लागि यस अगाडि सोनाक्षी सिन्हा, अनुष्का शर्मा, परीणती चोपडा, कैटरीना कैफको हल्ला चलेको थियो ।
तर, सबै अभिनेत्रीलाई पछि पार्दै इलिया चलचित्रमा रहने लगभग पक्का भएको एजेन्सीले समाचारमा जनाएका छन् । (गोलो भेरामा इलियाना)

प्रतिक्रिया