नेपाल–वानकी रेणुकालाई धम्की आउन शुरु

Renuka-Kadelकाठमाडौं, १४ साउन । यौनदुरव्यवहार पछि तनाव उत्पन भएका कारण सडकमा आएकी भारतीय टेलिभिजन नेपाल वानकी कार्यक्रम प्रस्तोता रेणुका कँडेललाई विभिन्न प्रकारका धम्की आउन शुरु भएका छन् ।
कार्यक्रम प्रस्तोता रेणुकालाई आजै (सोमबार) विहान नारायणी अञ्चलको नम्वरबाट मोवाईल फोनमा धम्की आएको हो । ९८५५०२२५४५ नम्वरको मोवाईलबाट प्रदीप नाम गरेका व्यक्तिले रेणुकालाई धम्काएका हुन् । उनले नेपाल वान टेलिभिजन र त्यसका नेपाल व्यूरो प्रमुख सुन्दर सिंह विदुरीलाई कुनै प्रकारको कानूनी र अन्य समस्या नदिन धम्की दिएको रेणकुकाले जानकारी दिईन् ।
‘नेपाल वान टेलिभिजनका नेपाल प्रमुख सुन्दर सिंह विदुरीलाई तिम्रा कारण कुनै पनि प्रकारको समस्या हुनु भएन्,’ प्रदीपको टेलिफोन धम्की उदृत गर्दै रेणुकाले भनिन्, ‘अन्यथा राम्रो हुने छैन ।’
‘तिम्ले निहुँ खोजेको हो भने म काठमाडौं आउँछु,’ प्रदीपको धम्की उदृत गर्दै रेणुकाले भनिन्, ‘यो समस्याको समाधान सुन्दर सिंह विदुरीले गर्न सक्दैन सिधैं दिल्लीबाट समाधान हुन्छ ।’
प्रदीपले पर्सा जिल्लामा सुनको व्यवसाय समेत गर्दै आएको स्रोतको भनाई छ । प्रदीपले पर्सा र बारा जिल्लाका कथित व्यक्तिगत विषयसँग जोडेर रेणुकालाई धम्की समेत दिएका छन् ।
यौनजन्य प्रस्ताव गरेको आरोप खेपेका भारतीय नागरिक विधुरीले नेपाल वान टेलिभिजनका केही कर्मचारी र पत्रकारलाई आफ्नो पक्षमा लिएर रेणुका प्रकरण लुकाउन दवाव दिई रहेका छन् । रेणुकाले पनि आफूलाई विभिन्न स्थानबाट दवाव आईरहेको गुनासो गरिन् ।
विधुरी विरुद्ध हनुमान ढोकामा लिखित उजुरी दिएकी रेणुकाले आजै (सोमबार) राष्ट्रिय महिला आयोग, नेपाल प्रहरीको महिला सेल र नेपाल पत्रकार महासंघमा पनि उजुरी दिएकी छन् ।
कार्यक्रम प्रस्तोता रेणुकाले विधुरी विरुद्धका सबै प्रमाण संकलन समेत गरेको बताईन् । उनले प्रमाणहरु सम्बन्धित निकायमा बुझाएको सौर्य दैनिकको अनलाईनलाई जानकारी दिइन् । नेपाल वानकै केही पत्रकार र कर्मचारीले आफूलाई टेलिफोन गरेर सहानुभूति दिएको पनि रेणुकाले बताईन् ।
रेणकुका प्रकरण पछि नेपाल वान टेलिभिजनका नेपाल प्रमुख विदुरी आत्तिएका छन् । उनले आफै विज्ञप्ति जारी नगरेर प्रशासन प्रमुख सुवोध वाग्लेलाई खण्डन गर्न लगाएका छन् । सबै घटना व्यक्तिगत चरित्र हत्या गर्ने भएको वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
झण्डै तीन बर्षदेखि भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आएकी रेणुकालाई १५ दिन निलम्बनमा राखेको जनाएको भारतीय टेलिभिजन नेपाल वानले नियुक्त पत्र भने दिएको छैन ।
यसैबीच, नेपाल वान टेलिभिजनले कार्यक्रम प्रस्तोता रेणुकासँगको यौन विवाद सार्वजनिक भएपछि आइतबार आफ्ना सबै कमर्चारी र पत्रकारलाई दुई महिनाको तलव एकमुष्ट दिएको छ ।
सबै पत्रकार र कर्मचारीलाई करारमा राखेको भारतीय टेलिभिजन नेपाल वानले अहिले पनि कसैको सम्झौता रिन्यू नगरेको स्रोतको भनाई छ ।

यसैबीच, प्रहरीले विधुरी र अर्का एकजनालाई पनि पक्राउ गरेको छ । उनीहहलाई हनुमान ढोकामा राखिएको छ । उनीहरु बेलुका पक्राउ परेका हुन् ।

प्रतिक्रिया