दुर्घटनामा ३७ जनाको मृत्यू

Itइटाली । इटालीमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यू भएको छ । बिदा मनाउन गएका करिब ५० यात्रु बाकेको बस दुर्घटना हुँदा अरु ११ जनाको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ ।

एभेल्लिनो शहरनजिक भएको दुर्घटनामा बालबालिका पनि परेका छन् । बस चालकको पनि निधन भएकाले दुर्घटनाको कारण थाहा हुन सकेको छैन । फ्लाइओभरबाट ३० मिटर तल खसेको बसले केही कारलाई पनि ठक्कर दिएको थियो ।

प्रतिक्रिया