राजावादी भन्ने भारतीय दलाल हुन् : गजुरेल

CP-Gajurel-Souryadailyबुटवल, १२ साउन । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरुलाई राजावादी भन्नेहरु भारतीय दलाल भएको आरोप लगाएका छन् ।
रुपन्देहीको सुनवलमा आज (शनिबार) पत्रकारहरुसंग कुरा गर्दै गजुरेलले आफूहरु राजावादी नरहेको बताए । ‘सामन्ती राजतन्त्र विरुद्ध जनयुद्ध लडेर गणतन्त्र ल्याउने नेकपा–माओवादी राजावादी हुन सक्दैन,’ उनले भने, ‘हामीलाई राजावादी भन्नेहरु भारतीय दलाल हुन् ।’
उनले राष्ट्रियताका लागि सबै सँग मिलेर जान सक्ने भन्ने अभिव्यक्तिलाई गलत अर्थ लगाएको आरोप लगाए । यद्यपि, गजुरेलले आफूहरु राष्ट्रियताका लागि सबै पक्षसँग हातेमालो गरेर जाने दोहर्‍याए ।

प्रतिक्रिया