ओष्कार अवार्डको तयारी शुरु

Sungavaकाठमाडौं । विश्व प्रसिद्ध ‘ओष्कार अवार्ड’मा सहभागिताका लागि चार नेपाली चलचित्रले राम्रो संभाव्यता बोकेको फिल्मी समीक्षकहरुले जनाएका छन् ।
‘शीरिषको फूल’, ‘बधशाला’, ‘साँघुरो’ र ‘सुनगाभा’ मध्ये एक चलचित्रले ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने बताईएको छ । चार मध्ये एक चलचित्रले ‘द एकेडेमी अवार्ड’ अर्थात ओष्कारमा नेपालको प्रतिनिधित्व गर्दै सर्वोकृष्ट विदेशी भाषाको सिनेमाका लागि भिड्ने छन् ।
छनौट समितिका सचिव चिरञ्जीवी गुरागाइँले चार मध्ये एक चलचित्रलाई ओष्कारमा प्रतियोगिताका लागि पठाईने जनाए । प्रतियोगिताका लागि असोजको मध्यसम्म अमेरिकाको लस एन्जल्समा नेपाली चलचित्र पुगिसक्नुपर्ने छ ।
ऐरिक भ्याली निर्देशित क्याराभान (१९१९), छिरिङ रीता शेर्पा निर्देशित ‘मुकुण्डो’–मास्क अफ डिजाएर (२०००), ज्ञानेन्द्र देउजा निर्देशित ‘मुनामदन’ (२००३) र सुवाज गजुरेल निर्देशित ‘बसाई’ (२००६) ले ओष्कारमा नेपालको प्रतिनिधित्व गरिसकेका छन । ‘क्याराभान’ सर्वोकृष्ट विदेशी भाषाको चलचित्र क्याटोगोरीको नोमिनेसनमा परेको थियो ।

प्रतिक्रिया