भेनियर कर फिर्ता गर्न माग

Shankar-Koiralaकाठमाडौं । उद्योग वाणिज्य महासंघले भेनियर उद्योगमाथि लगाइएको थप कर तत्काल फिर्ता लिन सरकारसंग आग्रह गरेको छ ।
घरेलु उत्पादन मानिने भेनियर निकासीमा प्रतिकिलो चार रुपियाबाट सात रुपिया पुर्‍याएको भन्दै महासंघले आपत्ति जनाएको हो । अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई मंगलबार भेटेर महासंघ नेतृत्वले राजश्व नघटाए पूर्वतिर सञ्चालित १ सय ४० यस्ता उद्योग बन्द हुने जनाएको छ ।
पूर्वी पहाडमा हुने उत्तिसको काठबाट यस्ता फर्निचर बनाइन्छ ।
महासंघले नवलपरासीको महेशपुर भन्सार नाकालाई स्तरोन्नती गर्न समेत माग गरेको छ ।
अर्थमन्त्री कोइरालाले राजश्व बढाएको विषयमा आफू गम्भीर भएको र छिट्टै समिति बनाएर पुर्नमूल्यांकन गर्ने आश्वासन दिए ।

प्रतिक्रिया