जन्मदिन : सहयोग र मायाँ साटेर

Malvika-Subbaकाठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बाले आफ्नो जन्मदिन एचआइभी पीडित बालबालिकाहरुसँग मनाएकी छन् ।
उनले साना बालबालिकासँग मायाँ साटेर आफ्नो जन्मदिन मनाएकी हुन् । शुक्रबार कीर्तिपुरस्थिति ‘सफलता एचआइभी शिक्षा सदन’का बालबालिकाहरुसँग जन्मदिन मनाएको माल्भिकाले जनाएकी छन् । शिक्षा सदनलाई उनले एकलाख सहयोग समेत दिएकी छन् ।
सफलतामा हाल १७ बालबालिका अध्ययनरत छन् । उनीहरु मध्ये केहीका आमाबाबु छैनन् ।

प्रतिक्रिया