श्रृंखलामा बराबरी

West-Indiesगुयाना । पाकिस्तान विरुद्धको दोस्रो एक दिवसिय क्रिकेट म्याच जित्दै वेष्ट इंडीजले श्रृंखलामा बराबरी गरेको छ । गुयानाको प्रोभिडेन्समा गएराती सम्पन्न खेलमा घरेलु टोली वेष्ट इंडीज ३७ रनले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको वेष्ट इंडीजले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो । वेष्ट इंडीजको लागि ड्यारेन ब्राभोले ५४ रन तथा ड्वेन ब्राभोले अविजित ४३ रनको योगदान दिए ।

बलीङतर्फ पाकिस्तानका साईद अजमल र शाहिद अफ्रिदीले २-२ विकेट लिए । जवाफमा २ सय ३३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १ सय ९५ रनमै समेटियो । पाकिस्तानको लागि नाशिर जम्सेदले ५४ रन तथा उमर अकमलले ५० रनको योगदान दिए ।

पाकिस्तानलाई हराउन वेष्ट इंडीजका सुनिल नारेनले ४ विकेट लिए । जीतसँगै वेष्ट इंडीजले ५ एक दिवसीय खेलको श्रृंखलामा एक एकको बराबरी गरेको छ ।

प्रतिक्रिया