‘चुनाव नभए लोकतन्त्र नै समाप्त हुनसक्छ’

Sujata-Koirala-Indiaभारत, २९ असार । कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले मंसिरमा चुनाव नभए लोकतन्त्र खतरामा पर्ने बताएकी छन् ।
शनिबार पुनामा नेपाली जनसम्पर्क समिति पश्चिम भारतको पाँचौं अधिवेशनको समापनमा कोइरालाले लोकतन्त्र बचाउनका लागि मंसिरमा चुनाव हुनैपर्ने बताईन् ।
‘मंसिरमा चुनाव हुनै पर्छ,’ कोइरालाले भनिन्, ‘चुनाव नभए लोकतन्त्र नै समाप्त हुनसक्छ ।’
लोकतन्त्रमाथि चौतर्फी खतरा भइरहेको बताएकी उनले चुनाव हुन नदिने केही तत्वले षड्यन्त्र गरिरहेको आरोप लगाईन् ।
जनसम्पर्क समितिका सभापति बालकृष्ण पाण्डेले देशले चुनाव चाहेकाले त्यसबाट दायाँबायाँ हुन नहुने बताए ।
कांग्रेस विदेश विभाग सदस्य रणबहादुर रावल, कांग्रेसका महासमिति सदस्य एवं देउडा समाजका नन्दकृष्ण जोशी, नेपाली जनसम्पर्क समिति भारतका पूर्व अध्यक्ष महेन्द्र भुषाल, रामबहादुर पौडेल महामन्त्री लीलामणि पाण्डे, समितिका उपाध्यक्ष देवीसिंह खड्का, रतन केसी, हर्कबहादुर साउदलगायतको सहभागिता थियो ।
यसैबीच, समितिमा मीनबहादुर बोहरा अध्यक्षमा विजयी भएका छन् । निर्वाचनमा १८ जना सदस्य निर्विरोध निर्वाचित पनि भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया