धनगढीमा आगलागी हुँदा लाखौंको नोक्सानी

kailaliकैलाली, २९ असार । कैलाली जिल्लाको धनगढी नगरपालिकामा बिद्युत् सर्ट भएर आगलागी हुँदा लाखौंको नोक्सानी भएको छ ।
धनगढी नगरपालिका–३, चटकपुरस्थित रोशनकुमार कर्णको रंग पसल र नुरिन मोहम्मदको ट्याक्टर सोरुममा शुक्रबार राति आगलागी हुँदा करीव ३५ लाख बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । आगो रङपसलबाट शुरु भएको थियो ।
सोरुममा रहेका ५ वटा ट्याक्टर पनि जलेर क्षति भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा ट्याक्टर सोरुमका मेनेजर सन्दीप श्रेष्ठ जलेर सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया