बाँध निर्माण र बाढि नियन्त्रणको काम शुरु

New Imageरौतहट, २७ असार । रौतहट जिल्लामा लाल बकैया नदीले बाँध भत्काएको क्षेत्रमा सुरक्षाकर्मीले पुन: निमार्णको काम तीब्र बनाएका छन् । टिकुलिया–६ मा नदीले भत्काएको बाँध तत्कालै पुन: निर्माणका लागि पहल भएपछि गौरका स्थानीयमा खुसी भएका छन् ।

बुधबार बेलुका फुटेको लाल बकैया नदीको बाँधमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रुपमा निर्माण कार्य गरिरहका छन् ।
बाँध नियन्त्रणमा स्थानीय प्रशासनले तत्काल पहल गरे पछि ठूलो क्षति हुनबाट जोगिएको प्रहरी भनाई छ । बाँध मर्मताका लागि झण्डै चारसय बढि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मध्यपृतना हेडक्वाटर सुपाडीटारका पृतनापति सुरेन्द्र पुडासैनीले बाँध कटान भएको क्षेत्रको आजै (बिहीबार) बिहान निरीक्षण गरेका थिए । पृतनापति पुडासैनीले बाँध मर्मतका लागि झण्डै तीनसय नेपाली सेना खट्टिएको जानकारी दिए ।
सशस्त्र प्रहरीका पनि झण्डै एकसय बढि जनशक्ति बाँध मर्मतमा परिचालन भएका छन् । बाँध भत्किँदा ठूलो क्षति हुन सक्ने आशंका बढे पछि बाराको पथलैयाबाट २५ जना सशस्त्र प्रहरीको दैवी प्रकोप उद्धार टोली तथा सर्लाहीबाट एक/एक प्लाटुन गरी ९० जनाको थप मद्दत बुधबार रातिनै रौतहट आइपुगेको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले जनाए ।
बुधबार बेलुकी बागमतीमा बाढि हेर्न आएकी १२ वर्षीय बालिका बगेर वेपत्ता भएकी छन् । धर्मपुर–७ का जोगिन्दर राय यादवकी छोरी अस्मिता यादवलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया