′निर्वाचनका लागि वातावरण बन्दैछ′

sher deubaकाठमाडौं, २६ असार । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले निर्धारित समयमै निर्वाचन हुने दावी गरेका छन् ।
निर्वाचनको विरोध गरिरहेको नेकपा माओवादी समेत वार्तामा आउन तयार रहेकोले अब निर्वाचनका बारेमा आशंका गर्न नहुने उल्लेख गरे । आज( बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भने, ‘माओवादीले समेत वार्ताका लागि उच्चस्तरीय वार्ता टोली गठन गरिसकेको छ, हामीहरु पनि वार्ताबाटै समस्या समाधान होस् भन्ने चाहन्छौं ।’
यस्तै सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय पनि निर्वाचन गर्न तयारी अवस्थामा रहेकोले निर्वाचन भएरै छोड्ने उनले स्पष्ट पारे । भारतीय विदेशमन्त्रीसंग भेट्न होटलसम्म पुगेको बारे पत्रकारहरुले राखेको जिज्ञासामा बरिष्ठ नेता देउवाले यसबारे आचारसंहिता नबनेकाले समस्या भएको बताए  ।

प्रतिक्रिया