‘मिग्ङस सुपर मोडल’को खोजी

Aupa Karkiकाठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरकोको ‘मिग्ङस सुपर मोडल’ प्रतियोगिता हुने भएको छ । मोडलिङमा करियर बनाउन चाहने युवतीलाई प्रतिभा देखाउने अवासर मिग्ङसले दिन थालेको हो ।
श्वाती इन्टरनेशनल नेपालको आयोजनामा आगामी सेप्टेम्बरमा हुने सुपर मोडल प्रतियोगितामा सहभागिता जनाउन चाहनेका लागि आवेदन फारम खुल्ला भएको छ । १८ देखि २८ बर्षसम्मका मुलुक भरिका युवतीले प्रतियोगितमा भाग लिन पाउने छन् । उचाई न्यूनतम पाँच फिट पाँच इञ्च राखिएको छ ।
कार्यक्रमको पहिलो अडिसन काठमाडौं, धरान, बिराटनगरलगायत प्रमुख शहरमा गरिने छ । पहिलो चरणमा छनौट भएका प्रतियोगीलाई मात्र फाईनल चरणमा सहभागी गराइने छ ।
पहिलो अडिसनबाट छनौट भएका प्रतियोगीलाई बिभिन्न प्रशिक्षणमा सहभागी गराइने छ । प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, फोटो सेशन, व्यक्तित्व विकास, ब्युटीसीएनलगायतका प्रशिक्षण दिलाइने छ ।
अन्तिमप्रतिशप्रधामा २५ देखि ३० जना युवतीलाई सहभागी गराईने श्वाती इन्टरनेशनले जनाएको छ ।
कार्यक्रमका संयोजक प्रदीप श्रेष्ठले देशमा मोडलका रुपमा चिनिने कुनै पनि ब्याक्ति नभएकाले सुपर मोडल प्रतियोगिता गर्न लागेको बताए । सौर्यSuper Model 2013

प्रतिक्रिया