कर्मचारीको आचारणमा परिवर्तन हुनु पर्छ

Shankar-Koiralaकाठमाडौं, २५ असार । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नियम, कानून, र राजश्वमा काम गर्ने कर्मचारीको आचरणमा समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन् ।
राजधानीमा आज (मंगलबार) राजश्व परामर्श समिति प्रतिवेदन–२०७० सार्वजनिक गर्दै मन्त्री कोइरालाले कर्मचारीहरुको व्यवहारबाट करदाताले हैरानी भोग्नुपर्ने अवस्था आउन नहुने बताए । उनले बजेट बनाउँदा सबै विषयलाई नीतिगत र प्रक्रियागत ढंगले सम्बोधन गरिने बताए ।
राज्यले चाहे पनि नचाहे पनि करका दर, नियम, कानूनमा सुधारको विकल्प नभएको उनले बताए । मन्त्री कोइरालाले बजेटको आधार मानिने राजश्व क्षेत्रमा सुधारको खाँचो औंल्याए ।
‘सवैको चाहना अनुसार यसवर्ष समयमै पूर्ण बजेट आउँछ,’ उनले भने, ‘बजेट नआउँदा सम्पूर्ण अर्थतन्त्रले भोगेको पीडा यस वर्षको बजेटले अन्त्य गर्नेछ ।’

प्रतिक्रिया