बाढीबाट उदयपुरमा सयौं घर डुवानमा

Udayapur-Dubanउदयपुर, २५ असार । अत्याधिक बर्षाका कारण उदयपुर जिल्लामा सयौं घर डुवानमा परेका छन् । डुबान पछि जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
त्रियुगा नगरपालिकाको हात्तीमारा, बसपार्क, कृषि बजार र मुसहरबस्ती आज (मंगलबार) डुबानमा परेको हो । त्रियुगा नदीको बाढीले डुबानमा परेका हात्तीमारा र मुसहरवस्तीका बासिन्दाहरुलाई प्रहरीले उद्दार गरेको छ ।
डुबान क्षेत्रका घर टहराहरुभित्र भेल पसेर अन्नपात, लत्ताकपडा तथा अन्य सामान नोक्सानी भएको छ । बाढीले घरमा क्षति पुर्‍याएको पीडित महेशवर श्रेष्ठले बताए । बाढीले गाईघाट बजारका घर र पसलहरुमा पानी पसेको छ ।
सदरमुकाम आसपासको बरुवाखोला र त्रियुगा नदीमा पाँच बर्षकै सबैभन्दा ठूलो बाढी आएको छ । उता, बरुवाखोलाको बाढीका कारण सदरमुकामदेखि जिल्लाको पूर्वी क्षेत्रमा सञ्चालन हुने सवारी साधन र आवतजावत ठप्प बनेको छ । नदी आसपासका योग्य जमिन कटान गरेको छ ।

प्रतिक्रिया