‘दबाब’ आगामी शुक्रबारदेखि

Dabab-Filmकाठमाडौं । जय मा अम्बे फिल्मस्को ब्यानरमा अनिता महर्जनद्वारा निर्मित नेपाली चलचित्र ‘दबाब’ यही असार–२८ गतेदेखि देशव्यापी रुपमा एकैसाथ प्रदर्शनमा आउने भएको छ ।
पुराना निर्माता भानु महर्जनको प्रस्तुती रहेको ‘दबाब’ विशुद्ध प्रेम कथामा आधारित छ । प्रस्तुतकर्ता भानु महर्जनले व्यवसायिक रुपले सफल हुने आशा गरेको चलचित्र ‘दबाब’मा आर्यन सिग्देल, नीता ढुंगाना, रबि गिरी, मोहन श्रेष्ठ, रश्मि भट्ट, प्रमिला खनाललगायतका कलाकारहरु मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रलाई दयाराम दहालले निर्देशन गरेका हुन् । चलचित्रमा द्वन्द्व राजेन्द्र खड्गी, संगीत बसन्त सापकोटा र दीपक शर्मा, नृत्य जानकी महर्जन, गम्भीर विष्ट र कविराज गहतराजको रहेको छ ।

प्रतिक्रिया