अध्यक्ष रेग्मी र गच्छेदारबीच भेटबार्ता

Khilraj-Regmi'sकाठमाडौं, २४ असार । अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारबीच भेटबार्ता भएको छ ।
रेग्मी निवास बालुवाटारमा अजा (सोमबार) भएको भेटमा नेकपा–माओवादीका माग र वार्ताका सर्त लगायतमा छलफल भएको अध्यक्ष गच्छेदारले जानकारी दिए । ‘नेकपा–माओवादीसँग वार्तामा बस्ने बारेमा कुराकानी भएको छ,’ भेटपछि गच्छेदारले भने, ‘गोलमेच सम्मेलनका विषयमा हामी सकारात्मक छौं ।’
गच्छेदारले निर्वाचनको तयारी र बजेटका बारेमा पनि अध्यक्ष रेग्मीसँग परामर्श गरेका छन् । जवाफमा रेग्मीले सरकार निर्वाचनका लागि तयारीका साथ बसेको बताए ।

प्रतिक्रिया