विम्बल्डन टेनिसको उपाधि एण्डी मर्रेलाई

Andy Moryलन्डन । यस बर्षको विम्बल्डन टेनिसको उपाधि जित्दै ब्रिटिश खेलाडी एन्डी मर्रेले कीर्तिमान बनाएका छन् । लन्डनस्थित अल इङ्गल्याण्ड क्लवमा भएको फाइनलमा शीर्ष वरियताका सर्वियन खेलाडी नोभाक जोकोभिचलाई दोस्रो वरियताका मर्रेले पराजित गरेका हुन् । ७७ वर्षपछि विम्बल्डन टेनिस जित्ने मर्रे पहिलो ब्रिटिश खेलाडी हुन् ।

उनीअघि सन् १९३६ मा फ्रेड पेरीले यो उपाधि चुमेका थिए । मर्रेले ६-४, ७-५ र ६-४ को सोझो सेटमा जोकोभिचलाई हराएसँगै मरेको ग्राँ स्लाम संख्या दुई पुगेको छ । यता, विम्बल्डन टेनिसको महिलातर्फको उपाधि भने जर्मन खेलाडी सेबानी लिसिच्किलाई हराउँदै फ्रेन्च खेलाडी मारियोन बार्तोलीले जितेकी छिन् । एजेन्सी

प्रतिक्रिया