गलत गर्ने सहकारीलाई कार्बाही हुन्छ : सचिव

Krisnahari-Baskotaकाठमाडौं, २३ असार । मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले खराब काम गर्ने नियतका सहकारीलाई कडा कार्बाही गर्ने चेतावनी दिएका छन् ।
मिडिया इन्टरनेसनलले आज (आइतबार) काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाँस्कोटाले राम्रो गर्ने सहकारीलाई पुरस्कृत र नराम्रो गर्नेलाई कार्बाही नगरे सम्म सहकारी आन्दोलनले आर्थिक उचाई लिन नसक्ने बताए ।
उनाले सहकारी, सरकार र नीजि क्षेत्र आपसमा मिलेर उत्पादन क्षेत्रमा लागे मात्रै देशले आर्थिक प्रगति गर्न सक्ने बताए ।

प्रतिक्रिया