गलत कानूनी आधारले निर्वाचनमा आशंका

CP-Mainali-1काठमाडौं, २३ असार । नेकपा (माले)ले कयौं गलत कानूनी आधार खडा भएकाले मंसिर–४ गते संविधानसभा निर्वाचन हुनेमा आशंका उत्पन्न भएको जनाएको छ ।
मालेका महासचिव सीपी गजुरेलले आज (आइतबार) विज्ञप्ति जारी गरेर निर्वाचनको मिति घोषणा हुनु आफैमा सकारात्मक हुँदाहुँदै पनि कैयौं गलत कानूनी आधार खडा भएको जनाएका छन् । ‘सबै दलहरुबीच आवश्यक सहमति र अन्य तयारी नगरी निर्वाचनको मिति तोकिनुले धाँधलीरहित, निष्पक्ष, स्वच्छ र सहज निर्वाचन सम्पन्न गर्नतर्फ सरकार गम्भीर छैन,’ उनले भनेका छन् ।
महासचिव मैनालीले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट अविलम्व राजीनामा दिनुपर्ने माग गरेका छन् ।
‘चार पक्षीय राजनीतिक समितिद्वारा राष्ट्रिय सहमतिका नाममा भइरहेका एकाधिकारवादी क्रियाकलापलाई तत्काल अन्त्य गर्न माग गरेका मैनालीले समितिलाई विघटन गरी व्यापक राजनीतिक आधार प्रतिनिधित्व गर्ने राजनीतिक संयन्त्र निर्माण गर्न आग्रह गरेका छन् ।
मालेले कागजपत्र मिलाई लिइएका गलत नागरिकता–प्रमाणपत्रहरुलाई रद्द गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया