पहिला २५ बुँदा खारेज, त्यस पछि वार्ता : वैद्य

mohan baidhya ji 1काठमाडौं, २३ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले संविधानको बाधा अड्काउ फुकाउ सम्बन्धि २५ बुँदा खारेज नगर्दासम्म वार्ताको वातावरण नबन्ने बताएका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा अध्यक्ष बैद्यले यथाअवस्थामा चार राजनीतिक शक्ति र सरकारसँग वार्तामा नबस्ने बताए ।
‘पहिला २५ बुँदा खारेज गर्नु पर्छ,’ उनले भने, ‘चार राजनीतिक शक्तिले गरेको असंवैधानिक काम फिर्ता भए पछि वार्ताको वातावरण बन्छ ।’
चार राजनीतिक शक्ति नै मंसिरमा निर्वाचन नगराउने पक्षमा सक्रिय रहेको उनले बताए । सर्वपक्षीय सम्मेलन गर्नु पर्ने बताएका बैद्यले माग सम्बोधन भए मात्रै वार्तामा बस्ने उल्लेख गरे ।

प्रतिक्रिया