सूर्योदयमा कविता लेखन तथा वाचन प्रतियोगिता

Suryodaya-Schoolकाठमाडौं । सूर्योदय ज्योति आवासीय माध्यामिक विद्यालयले आदिकवि भानुभक्त आचार्यको २ सयऔं जन्मजयन्तीका अवसरमा ‘उपत्यकाव्यापी अन्तर विद्यालय कविता लेखन तथा वाचन’ कार्यक्रम आयोजना गरेको छ ।
कविता लेख तथा वाचन कार्यक्रमका विजयी विद्यार्थीलाई प्याब्सनका वरिष्ठ उपाध्यक्ष एवं सूर्योदयका प्रधानाध्यापक लक्ष्यबहादुर केसी र संस्कृतिविद् डा. तुलसी भट्टराईले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा राजधानीका पैतीसभन्दा बढि विद्यालयका सत्तरी बढि छात्रछात्राले भाग लिएका थिए ।
प्रतियोगितामा श्रुति भट्टराई प्रथम, रोज कडोल द्वितीय, सिसम पौडेल तृतीय, मोहम्मद वारीस अन्सारी तृतीय भएका छन् । सान्त्वना सुदर्शन कुमार भट्टराई, सुजाता पन्थी, सुमन देवकोटाले पुरस्कार पाए ।

प्रतिक्रिया